डा.केसीको जीवनरक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारको माग | Khabarhub Khabarhub

डा.केसीको जीवनरक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारको माग



दोहा- चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीको स्वास्थ स्थिति जटिल बनेकाले उनको जीवन रक्षा गर्न नेपाली जनसम्पर्क समिति कतारले सरकारसँग माग गरेको छ ।

२१ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य नाजुक बनिसक्दा समेत वास्ता नगरिएको भन्दै समितिले वार्तामार्फत डा.केसीका जायज माग पूरा गर्न माग गरेको हो ।

कतारस्थित नेपाली दूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको समितिले केसी स्वास्थ्य विग्रदै जादा प्रवासमा रहेका नेपालीसमेत चिन्तित भएको जनाइएको छ ।

चिकित्सा शिक्षा क्षेत्रमा भएका बेथिती र मेडिकल माफियाहरुको बिरुद्ध अनशनरत डा.केसीसंग गरिएका सहमति कार्वान्वयन नगरेर सरकारले डा.केसीको अपमान गरेको समितिका महामन्त्री मोहम्मद  अजिज अलिले बताए ।

विश्व कोभिड-१९ को महामारीले संकटमा फसिरहेका बेला जनताको जनजीवनमा परेको असरप्रति सरकार जिम्मेवार नहुनु खेदजनक भएको समितिले जनाएको छ ।

‘प्रवासमा रहेका लाखौँ नेपालीहरुको उद्धारमा समेत कमिशनको चलखेलमा लिप्त हुनुले यस्तो महामारीमा पनि देश विदेशमा रहेका आम नेपालीहरुले सरकार भएको अनुभूति गर्न पाएका छैनन्,’ समितिले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा लेखिएको छ,’यस्तो अवस्थामा केसीको सत्याग्रहमासमेत सरकार गम्भीर नहुनु खेदपूर्ण छ ।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५० बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ