केही दिनमै मनसुन हट्ने, केही ठाउँमा आज पनि वर्षा | Khabarhub Khabarhub

केही दिनमै मनसुन हट्ने, केही ठाउँमा आज पनि वर्षा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही प्रभावका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश र  गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो र राति हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ ।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको छ । अबको केही दिनभित्रै नेपालबाट पूर्णरूपमा मनसुन बाहिरिने उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : ४० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को