२४ घण्टामा विश्वभर ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा विश्वभर ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

वितेको २४ घण्टामा विश्वमा थप ४ हजार १३ जनाले ज्यान गुमाएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।

यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २५ हजार ५३ जनाको मृत्यु भएको छ । ५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १६ हजार २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९१ लाख २३ हजार ९७२ पुगेको छ । त्यसमध्ये ५९ लाख २९ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा २ लाख १ हजार ५०४ जनाको मृत्यु भएको छ । १ करोड १० लाख ८५ हजार ९५५ जना संक्रमित भएकोमा ९३ लाख ६९ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ४३२ जनाको मृत्यु भएको छ । ८२ लाख ८६ हजार ८२७ जना संक्रमित भएकोमा ७१ लाख ४० हजार ९४७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार ५६९ जनाको ज्यान गएको छ भने १५ लाख २२ हजार ९२८ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ६० हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३६ जनाको मृत्यु भएको छ । ३१ हजार ५५४ जना संक्रमित भएकोमा २८ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर