निर्णय सच्याउन सभापति देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम | Khabarhub Khabarhub

निर्णय सच्याउन सभापति देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ ।

शनिबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ ।

भर्चुवल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत सहभागी थिए ।

सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष असन्तुष्ट बनेको हो । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसकेका छन् । विभाग गठन एकलौटी तवरले गरेको भन्दै इतर समूह लगातार नेतृत्वलाई दवाव दिँदै आएको छ ।

पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले एकलौटी रुपमा विभिन्न विभागहरुमा आफू निकट नेताहरुलाई नियुक्त गरेको, अन्य समूहको सुझाव वेवास्ता गरेको, महाधिवेशन अझै पछाडि धकेल्न खोजेको लगायतका विषयमा छलफल भएको थियो।

देउवाले पछिल्लो पटक बुधबार र बिहीबार पनि विभिन्न केन्द्रीय विभागहरुमा आफू निकटका नेताहरुलाई नियुक्त गरेका छन्। यसअघि उनले थुप्रै विभागलाई पूर्णता दिइसकेका छन्।

पौडेल पक्षको विरोधका बाबजुद देउवाले धमाधम विभागहरुलाई पूर्णता दिन थालेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र रुपमा बढ्दै गएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : २७ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी