विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान | Khabarhub Khabarhub

विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश तथा राति गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

भारी वर्षासँगै बाढी पहिरो र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : ३२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र