साउदी- काठमाडौं थप १५ चार्टर उडानको तालिका सार्वजनिक | Khabarhub Khabarhub

साउदी- काठमाडौं थप १५ चार्टर उडानको तालिका सार्वजनिक



दोहा- साउदी अरवबाट काठमाडौँका लागि थप १५ वटा चार्टर उडान हुने भएका छन् ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार सेप्टेम्बर ६ देखि ३० तारिखसम्म रियाद तथा दमामबाट उडान हुने जनाउदै नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने र नेपाल पुगेपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाइएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चाटर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सले सेप्टेम्बर ७ र १९ तारिखमा दमामबाट उडान भर्ने भएको छ ।

हिमालय एयरलाइन्सले सेप्टेम्बर ६,९,१३,१६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने जनाएको छ । यसैगरी, नेपाल एयरलाइन्सले सेप्टेम्बर ८,१८,२०,२४ र २८ मा दमामबाट काठमाडौंको लागि उडान गर्ने दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ६ : ४५ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले