एघार बालबालिकाको उद्धार | Khabarhub Khabarhub

एघार बालबालिकाको उद्धार


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको कपनस्थित केयर बाल गृहबाट आज ११ बालबालिकाको उद्धार गरिएको छ ।

उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि आज बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिए ।

भुषालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिन अघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा बालक भेटिएको भनी प्रचार भएको  थियो ।

विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा बालक लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ