पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु, १३३ जनामा संक्रमण पुष्टि | Khabarhub Khabarhub

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु, १३३ जनामा संक्रमण पुष्टि


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

डा.सिंहका अनुसार ती पुरुषमा हिजो ( मंगलबार) कोरोना पुष्टि आज बिहान ६ बजे वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा मृत्यु भएको हो । मृतक मधुमेह र मुटुरोगीसमेत भएको डा.सिंहले जानकारी दिए ।

‘वीरगंज हेल्थ केयरमा हिजो राती  ८ बजे भर्ना हुनुभएका एक जना ४५ वर्षका पुरुषको आज बिहान मृत्यु भयो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँ मधुमेह र मुटुरोगी पनि हुनुहुन्थ्यो ।

१३३ जना नयाँ संक्रमित

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जना कोरोना संक्रमित थपिएका छन् ।

डा.सिंहका अनुसार वीरगञ्जमा समुदायस्तरमा भइरहेको परीक्षण तथा कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरी भएको परीक्षणमा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्।

‘नारायाणी अस्पतालको प्रयोगशालामा आज मात्र १३३ जना नयाँ संक्रमित थपिएका छन्,’ डा सिंहले भने, ‘उहाँहरु कोही समुदायस्तरको परीक्षणबाट त कोही कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गरिएका व्यक्तिहरु हुनुहुन्छ ।’

नयाँ थपिएका १३३ जना संक्रमितमध्ये एकजना चिकित्सक, १६ जना कारागारका कैदीबन्दीसमेत रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : ०४ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।