अपडेट : बेइरुत विस्फोटमा १०० जनाको मृत्यु, ४ हजारभन्दा धेरै घाइते | Khabarhub Khabarhub

अपडेट : बेइरुत विस्फोटमा १०० जनाको मृत्यु, ४ हजारभन्दा धेरै घाइते


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा १०० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।

अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २ हजार ७५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु “अस्वीकार्य”रहेको बताएका छन्।

अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्।

उनले “खतरनाक गोदाम” बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।

स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्। “यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन्। म अँध्यारोमा सिसा अनि भग्नावशेष हुँदै हिँडिरहेको छु,” एक जना प्रत्यक्षदर्शी समाचार संस्था एएफपीलाई बताए।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

त्यसअघि लेबननका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए।

पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता देखिएको छ। सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो।

त्यसबाहेक लेबनन र इजरेलबीच पनि तनाव देखिएको छ। गत हप्ता इजरेलको सेनाले लेबननसँगको सीमामा हेज्बोल्लाहले गरेको आक्रमण विफल पारिदिएको जनाएको थियो।

इजरेल प्रवेश गर्न खोजेको लडाकुहरूको समूहमाथि आफूहरूले पहिले आक्रमण गरेको उसले बताएको थियो।

तर बेइरुतमा भएको विस्फोटनसँग “इजरेलको कुनै पनि किसिमको सम्बन्ध नरहेको”इजरेलका एकजना वरिष्ठ अधिकारीले बताएका छन्। बीबीसीबाट

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १ : २७ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने