नेपाली दूतावास जापानका नवनियुक्त उपनियोग प्रमुख कोरोना संक्रमित | Khabarhub Khabarhub

नेपाली दूतावास जापानका नवनियुक्त उपनियोग प्रमुख कोरोना संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार बर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता विमानस्थलमा भएको कोभिड १९ परीक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो ।

मंगलबार चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख अम्बिका प्रसाद जोशी कोरोना भाइरस संक्रमित भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरुले उनलाई विमानस्थलबाटै उपचारको लागि लगेको बताइएको छ ।

नेपाली राजदूतावास जापान श्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो ।

परिवारसहित जापान आईपुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाईएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि हाल जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भईरहेको छ ।

जोशीसँगैको उडानमा २८ जना नेपालीहरु जापान उडेका थिए भने जापानबाट २ सय ६८ जना नेपाली सोही बिमानमा नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ८ : २८ बजे

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।