कोरोना बीमा सुचारु गर्न निर्देशन | Khabarhub Khabarhub

कोरोना बीमा सुचारु गर्न निर्देशन


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले कोभिड–१९ बीमालेख (कोरोना बीमा) पुन : सुचारु गर्ने निर्णय गरेको छ ।

सरकारले जोखिम अर्थात् दायित्व बहन गर्न सहमति दिएपछि पुन : उक्त बीमा सेवा सुचारु गर्ने निर्णय गरिएको हो ।

कम्पनीको पुँजीभन्दा दायित्व बढी भएपछि बिहीवार मात्र कोरोना बीमा कारोबार स्थगित गर्ने निर्णय गरिएको थियो । तर, समितिले त्यसको भोलिपल्ट अर्थात् शुक्रवार उक्त निर्णय उल्टाएको हो ।

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले शुक्रवार एक विज्ञप्ति जारी गर्दै कोरोना बीमा सेवा पुनः सुचारु गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

यद्यपि अब जारी हुने बीमालेख (पोलीसी ) ले आगामी चैत मसान्तसम्मको मात्र जोखिम बहन गर्नेछ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ८ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र