इरानको नियन्त्रणमा रहेका अमेरिकी नौसैनिक एक वर्षपछि रिहा | Khabarhub Khabarhub

इरानको नियन्त्रणमा रहेका अमेरिकी नौसैनिक एक वर्षपछि रिहा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अमेरिकी नौसैनिकलाई इरानले एक वर्षसम्म हिरासतमा राखेर रिहा गरेको छ ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकी नौसैनिक माइकल ह्वाइट बिहिबार रिहा भएका हुन्।

सन् २०१८ को जुलाईमा इरानको यात्रा गरेका माइकललाई इरान सरकारले २०१९ को जनवरीमा मशहद शहरबाट नियन्त्रणमा लिएको थियो ।

अमेरिकाले हिरासतमा लिएका एक इरानी वैज्ञानिकलाई रिहा गरेर देश फिर्ता पठाएपछि इरानले पनि माइकललाई रिहा गरेको बताइएको छ । यद्यपि यसबारे अमेरिकी स्टेट डिपार्टमेन्टले अझै आधिकारिक पुष्टि गरिसकेको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ५ : ४४ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्