विवश म | Khabarhub Khabarhub

विवश म


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सजना कोइराला

ऊ अगाडि बढौँ भन्छ
म यतै बसौँ भन्छु
उ लम्कने जिद्दी गर्छ
उसलाई पुग्नु छ त्यो चुचुरो
जहाँ सबै उत्तर छ
जहाँ चरम सुख छ

तर

म यतैको मोहमा छु
जहाँ आशा छ जोश छ
अनि चञ्चलता छ
मन यतै केहीबेर रामाउँ भन्छ
किनकि
चुचुरोसम्मको बाटो लामो छ
त्यहाँ चट्टान छन् ठेस छन्
त्यहाँ आँशु छन् अनि पीडा छन्
त्यहा विछोड छन् अनि निराशा छन्

नचाहँदा-नचाहँदै
ऊ मलाई घिसार्दै छ
उही गन्तव्यतर्फ
मविवश अनि निराश
अघि बढिरहेछु उसकै इशारामा

हाल सिड्नी, अष्ट्रेलिया

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार