खोलाले बगाएर खोटाङमा बालिकाको मृत्यु | Khabarhub Khabarhub

खोलाले बगाएर खोटाङमा बालिकाको मृत्यु


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडामा खोलाले बगाएर १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय शुक्र रोक्काकी १४ बर्षीया छोरी अम्बिका रोक्का रहेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्किँदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाउँदा अम्बिका बेपत्ता भएकी थिइन् ।

स्थानीयको सूचनाका आधारमा प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : १२ बजे

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,