ललितपुर महानगरद्वारा सरसफाईकर्मीलाई पीपीई  प्रदान | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा सरसफाईकर्मीलाई पीपीई  प्रदान


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरमा महानगरले कोरोनाको सम्भावित जोखिम रोक्न सरसफाइकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण वितरण गरेको छ ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने सरसफाईको काममा कार्यरत सरसफाई मजदुरहरुको स्वास्थ्य सुरक्षा जोखिमलाई मध्यनगर गर्दै महानगरले व्यक्तिगत सुरक्षा उपकरण प्रदान गरेको हो ।

खानेपानी तथा सरसफाईमा कार्यरत गैर सरकारी संस्था गुथिले यस भयावह स्थितीमा सरसफाई मजदुरहरुको स्वास्थ्य सुरक्षाको आवश्यकतालाई महसुस गर्दै वाटर एड नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको आर्थिक सहयोगमा ललितपुर महानगरपालिकामा कार्यरत सरसफाईकर्मिहरुलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

यस कार्यले सरसफाईकर्मीहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गुर्नुका साथै सरसफाईकर्मीहरुमा सुरक्षा सामग्री प्रयोग गर्नु पर्ने सचेतना जागाउने, उनीहरुको पेसागत बानी व्यहोरामा परिवर्तन आउने र यस संवेदनसील कार्य प्रति नगरपालिकाको पनि ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ।

हस्तान्तरणको अवसरमा बोल्दै मेयर चिरी बाबु महर्जनले भने– ‘महामारीको समयमा सरसफाईलाई विशेष ध्यान दिनुपर्ने हुनाले ललितपुर महानगरपालिकाले यस विषयलाई प्राथमिक्ता दिएको छ । लकडाउनका कारण सामग्री अभाव भएको अवस्थामा यस्तो सहयोग पाउनाले नगरपालिकालाई ठुलो राहत पुगेको छ । यी सामग्री अस्पताल लगायत संक्रमित फोहोर व्यवस्थापन गर्न सरसफाई मजदुरद्वारा प्राथमिकताका साथ प्रयोग हुनेछ ।’

प्राप्त सामग्रीको सही सदुपयोग र आवश्यक व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिने कुरामा उनले जोड दिए ।

वाटर ऐड नेपालका राष्ट्रिय प्रतिनिधि तृप्ति राईले अहिलेको अवस्थामा महामारीको नियन्त्रण गर्न हात धुने र सामाजिक दुरी कायम गर्नु पर्ने कुरामा ध्यान पु¥याउनु पर्ने र यसलाई हरेकले पालना गर्नु पर्ने कुरामा जाेड दिए ।

उनले यसका निम्ति ठाउँ ठाउँमा हात धुने स्टेसन राख्नु पर्नेमा जोड दिनु हुँदै त्यसका लागि चाहिने सहयोग दिन वाटर एड नेपाल प्रतिवद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १४ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा