साउदी अरबमा ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

साउदी अरबमा ४ नेपालीलाई कोरोना भाइरसको संक्रमण


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउदी अरबमा ४ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

साउदीस्थित नेपाली दूतावासले ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको जनाएको छ ।

शनिबारदेखि थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको सूचना बाहिरिएपछि दूतावासले यसबारे साउदीको स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको थियो ।

साउदीको स्वास्थ्य मन्त्रालयबाट आइतबार प्राप्त विवरणअनुसार ४ जना नेपालीमा कोरोना पुष्टि भएको साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

तर संक्रमित नेपालीहरु कुन क्षेत्रमा कार्यरत रहेका हुन् भन्नेबारेमा केहि पनि खुलाइएको छैन ।

साउदी अरबमा कोरोना भाइरसबाट आइतबारसम्म २९ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड