ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन « Khabarhub

ज्योतिषी अधिकारीको आग्रह- कोरोना भाइरसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ज्योतिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइरसविरुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योतिषीय हिसाब साइत,मुहुर्त दिन,दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।

‘अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानिसको घरमा दियो बालियो भने अमृत फैलिन्छ र विषलाई मार्न सक्छ भन्ने मान्यता हो । ‘

उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।

दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।

‘९ बजे अमृत समय परेको छ । ९ मिनेटसम्म गर्ने भनिएको छ । नवदूर्गा,नवमातृका, नवशक्ति र विजयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।

कोरोना भाइरस विरुद्ध लड्ने शक्ति प्रदान होस् भन्नका लागि तथा विष फैलिएको बेलामा अमृत फैलियोस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्योतिषी अधिकारीको तर्क छ ।

धेरै समय र पैसा बर्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।

यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजातीको हीतका लागि र सकारात्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।

घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए ।
कोरोना विरुद्ध मानवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।

यो पनि पढ्नुहोस्

युवा ज्योतिषी अधिकारीको सुझाव– भाइरसबाट जोगिन शंख बजाउनुस्, सूर्यलाई पानी चढाउनुस्

ज्योतिष डा उपाध्यायको दाबी- सूर्य उच्च भएसँगै कोरोना भाइरसको प्रभाव कम भएर जान्छ, कहिले हुन्छ ?

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३२ बजे

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय