ज्योतिष डा उपाध्यायको दाबी- सूर्य उच्च भएसँगै कोरोना भाइरसको प्रभाव कम भएर जान्छ, कहिले हुन्छ ? | Khabarhub Khabarhub

ज्योतिष डा उपाध्यायको दाबी- सूर्य उच्च भएसँगै कोरोना भाइरसको प्रभाव कम भएर जान्छ, कहिले हुन्छ ?


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस(कोभिड १९) विश्व महामारीको रुपमा फैलिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव युरोप, अमेरिका, दक्षिण एशियासहित सबै भूभागमा परेको छ ।

विश्वमा हजारौ मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने लाखौ मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

सोमबार मध्याह्नसम्मा विश्वभर गरेर ३४ हजारले ज्यान गुमाइसकेका छन् भने ७ लाख २३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । सोमबार दिउँसो सम्ममा पाँच जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक जना निको भएर घर फकिएका छन् भने अन्य अस्पतालको आइसोलेसनमा रहेका छन् ।

त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको संक्रमण नराम्रोसँग फैलिरहेको छ ।

भाइरस संक्रमण फैलिएसँगै अधिकांश देशहरुले लकडाउन गरेका छन् ।

नेपालमा पनि सरकारले लक डाउन गरेको छ । अत्यावश्यक काम बाहेर मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ ।

कोरोना भाइरसको औषधि पत्ता लागाउन वैज्ञानिकहरुले अनुन्धान गरिरहेपनि ओषधि तथा खोपहरु विकास गर्न सम्भव भइसकेको छैन ।

त्यसैले यसबाट जोगिन अहिले सम्म अरु व्यक्तिको सम्पर्कमा नआउने विकल्प नै पहिलो र अन्तिम विकल्पको रुपमा रहेको छ ।

के भन्छ ज्योतिष विज्ञान ?

हिन्दू धर्म दर्शन र ज्योतिष शास्त्रमा विभिन्न ग्रह र राशिहरुको अवस्थितिले कुनै पनि समयको अवस्था, राम्रा नराम्रा विषयबारे जानकारी पाउन सकिन्छ ।

तपाईले व्यक्तिको ग्रह र राशि अनुसार भूत वर्तमान र भविश्य ज्योतिषले चिना टिप्पण हेराउनु भएको होला । त्यस्तै प्रकारले पृथ्वीमा कुन समय कस्तो अवस्था रहन्छ भनेर ज्यातिष विज्ञानले पूर्वानुमान गर्ने गरेको छ । जसमा ग्रहहरुको घर परिवर्तनले भूमिका खेल्ने गर्छ ।

ज्योतिष पण्डित डा उत्तम उपाध्यायका अनुसार चैतको पहिलो सातबाट राहु र केतुको संयोगले गर्दा व्याक्टेरिया तथा भाइरस विश्व महामारीको रुपमा आएको हो ।

‘चैत पहिलो सातबाट राहु वायु तत्व अर्थात मिथुन राशिमा गएर बस्यो । राहु र केतुको संयोगका कारणले गर्दा व्याक्टेरिया तथा भाइरस विश्व महामारीको रुपमा आउने गर्छ,’ उनले भने ।

राहुको बल प्रभावका कारणले गर्दा धेरै राग व्याधीहरु आउने ज्योतिष शास्त्रमा मान्यता रहेको छ ।

राहुका कारण उत्तरी ध्रुव अर्थात चीनबाट यो प्रारम्भ भएको उनको भनाइ छ । पुसको १० गते सूर्य ग्रहण आरम्भ भएदेखिनै यसको प्रभावले व्यापकता पाएको र व्याक्टेरियाको प्रभाव बढेको उनको भनाइ छ ।

उत्तरी ध्रुबबाट यो दक्षिण पश्चिम हुँदै पूर्वी एशिया तिर व्यापक रुपमा फैलिएको छ ।

राहु अर्थात वायुतत्व मिथुनको घरमा रहँदा यस्ता खालका समस्या यसअघि पनि आउने गरेका थिए ।

अहिले केतु र वृहस्पति ९ अंकमा बसेका छन् । केतु क्रुर कारक ग्रहको रुपमा मानिन्छ ।
केतु क्रुर ग्रहको कारण हुनु । आध्रा नक्षत्रमा रहेको राहु मिथुनको घरमा गएर बस्दा अहिलेको महामारीको अवस्था बनेको ज्योतिषी डा उपाध्याय बताउँछन् ।

डा उपाध्यायका अनुसार नेपाल र भारतमा चैत्र महिना सम्म ग्रहका प्रभावले भाइरसरको त्रास रहने सम्भावना रहन्छ । सूर्य ग्रह वैशाखमा उच्च भएसँगै यो समस्या केही कम हुन जान्छ ।

सूर्य उच्च हुँदा त्यसको बल प्रभावले गर्दा राहु र केतुको गलत प्रभाव कम भएर जान्छ ।

सूर्य ग्रहको प्रभाव माघ फागनुमा प्रारम्भिक गतिमामा रहेका कारण यसको प्रभाव कमजोर भएको उनको भनाइ छ ।

सूर्य उच्च भएको खण्डमा यस्ता नकारात्मक चिज र उर्जाहरुको प्रभाव कम हुँदै जान्छ वा त्यस्ता चिजहरु नाश र शक्तिहीन हुँदै जाने ज्योतिषीय मान्यता रहेको छ ।

ज्योतिषी डा उपाध्यायका अनुसार विश्वभरबाट यो महामारी पूर्ण रुपमा कमजोर हुनका लाविग भदौ दोस्रो साता सम्मको समय लाग्ने यद्दी वैशाख शुरु भएसँगै नेपाल र भारतमा यसको प्रभाव कम हुने छ ।

ज्योतिष शास्त्रका अनुसार भदौंको दोस्रो साताबाट राहु वृष राशिमा जाने र केतु वृश्चिकमा प्रवेश हुन्छ । यस्तै राहु आध्रा नक्षत्रलाई छोडेर अघि बढ्ने भएकाले भदौंको दोस्रो साताबाट विश्वभर देखिएको महामारी वा किटाणुको प्रकोप कम भएर जान्छ ।

नकारात्म उर्जा वा किटाणु नाश गर्ने धार्मिक उपाय

डा उपाध्यायका अनुसार यस्ता जिवाणु र किटाणुलाई हटाउनका लागि धार्मिक र वास्तुशास्त्रका हिसावमा केही उपायहरु रहेका छन् ।

दैनिक घरमा सर्सिउ, कपुर, सालधुप, गोकुल धुप मिलाएर हवन गरेको खण्डमा किटाणु वा व्याक्टेरियाको प्रभाव कम हुन जान्छ । हवन गर्नका लागि सप्तसति चण्डिको यो मन्त्रको प्रयोग गर्नुहोस्

रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ।

त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति।।

यो मन्त्रले दैनिक १०८ पटक हवन गर्ने र घर कोठा र कम्पाउन्डमा हवन गर्दाको धुपलाई पुर्याउँदा फाइदा पुग्छ ।

अहिले नौरथा पनि चलिरहेको कारण भगवती देवीको उपसाना र मन्त्र १०८ पटक जप गर्नुहोस् ।

त्यसका लागि यो मन्त्र जप गर्नुहोस्

ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे।।

त्यस्तै हिन्दू दर्शन र वैदिक सनातनले व्याख्या र परापूर्व कालदेखि चल्दै आएका संस्कारहरुलाई अवलम्बन गर्नुहोस् । जस्तो दैनिक घर लिप्ने, नुहाउने, दैनिक पूजा आजा गर्ने, सूर्यलाई पानी चढाउने लगायका कार्यलाई निरन्तरता दिनुहोस् ।

कसैलाई पनि नछुने र छुनुपरेमा नुहाउने वा शुद्ध हुने हाम्रो धर्म दर्शनमा उल्लेख गरिएको छ । जसलाई मानिसहरुले वेवास्ता र रुढीको रुपमा लिँदै आएका थिए तर अहिले कसैलाई छुन नुहने निश्चित दूरी भन्दा टाँढा बस्दा कोरोनाको संक्रमणबाट जोगिन सक्ने चिकित्सक र वैज्ञानिकहरुले बताएका छन् ।

हाम्रा धर्म शास्त्रहरुलाई वैज्ञानिकरुपमा व्याख्या गर्ने हो भने यसले धेरै कुराबाट जोगाउन सक्छ ।

सरकारले लकडाउन गरेको छ । यस्तो बेलामा बाहिर नजाने, घर भित्रै बस्ने, ध्यान जप योग आदी काम गर्ने गर्नुहोस् । नियमित रुपमा साबुन पानीले हात धुने, कसैलाई नछुने नमस्कार आदी काम गर्नुभयो भने तपाई सम्भावित जोखिमबाट जोगिन सक्नु हुन्छ ।

घरमा आउन सक्ने नकारात्मक उर्जालाई हटाउनका लागि दैनिक रुपमा पूजाआजा गर्ने र पाँच मिनेट सम्म घन्ट शंख फुक्ने गर्नुहोस् भने दैनिक सूर्यलाई जल चढाउनुहोस् । यसले गर्दा तपाईको शरीरमा आवश्यक पर्ने किरण पानीको माध्यमबाट प्रवृष्ट हुन्छ र फाइदा पुग्छ । यस्तै सात बजेदेखि ९ बजेसम्मको समयमा सूर्यको ताताेमा बस्नुहोस् ।

हिन्दू धर्म संस्कृति अनुसार सरसफाइ,  नमस्कार आदीलाई अबलम्बन गर्नुहोस् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  २ : २६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न