राष्ट्रिय महिला लिग तीन चरणमा हुने | Khabarhub Khabarhub

राष्ट्रिय महिला लिग तीन चरणमा हुने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा तीन चरणमा सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी चैत पहिलो साताबाट शुरु हुने लिग तीन चरणमा खेलाइने जनाएको हो । यसमा पहिलो चरणको खेल धरानको धरान रङ्गशालामा चैत ३ देखि १३ गतेसम्म आयोजना हुनेछ ।

त्यसैगरी दोस्रो चरणको खेल काठमाडौँमा वैशाख पहिलो साताबाट र तेस्रो चरणको खेल विराटनगरको शहीद रङ्गशालामा जेठ तेस्रो साताबाट सञ्चालन हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित कूल सात टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसमा सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका रौतहट, विराटनगर महानगरपालिका विराटनगर, चौदण्डीगढी नगरपालिका उदयपुर र वालिङ नगरपालिका स्याङ्जाले खेल्नेछन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कूल ४२ खेल हुनेछ । लिगको विजेता टोलीले रु १५ लाख प्राप्त गर्दा उपविजेताले रु आठ लाख प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख तथा चौथोले रु तीन लाख पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा फेयर प्ले घोषित हुने एक टोलीले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट घोषित हुने फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही रु ५० हजार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार दिइने छ । प्रतियोगिताको तयारीस्वरुप एन्फाले सहभागी टोलीलाई जनही रु एक लाख दिनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर