गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

गाउँपालिकाको बजेटबाट निर्माण भएको सडकको अन्तिम भुक्तानीका लागि ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार गाउँपालिका अध्यक्ष केसी र वडाध्यक्ष शाहीले ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीलाई डर, धम्की देखाएर विभिन्न मितिमा गरी २५ लाख ५० हजार रुपैयाँ घुस लिएको देखिएको छ ।

अख्तियारले दुवै जनाविरुद्ध जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र ६ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अध्यक्ष केसीविरुद्ध ८ लाखको अर्को मुद्दा

गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको सुर्खेतस्थित कार्यालयको टोलीले ८ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा समेत लिएको थियो ।

सुर्खेतबाट ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका गाउँपालिका अध्यक्ष केसीले जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतसँगको मिलेमतोमा उक्त घुस रकम उठाएको देखिएको थियो ।

अख्तियारले गाउँपालिका अध्यक्ष केसी र प्रधानाध्यापक बस्नेतविरुद्ध जनही ८ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : ०३ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार