प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थाल्यो


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विहीवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालेको जानकारी दिए ।

प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याव सूचकहरु सामान्य अवस्थामा रहेको र आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनलाई पनि आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ४ : ३३ बजे

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग