महको शुद्धता जाँच्ने ५ उपाय | Khabarhub Khabarhub

महको शुद्धता जाँच्ने ५ उपाय


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मह मावन स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

तर सक्कली मह चिन्न नसक्दा मानवस्वास्थ्य जोखिममा समेत पर्ने गरेका खबरहरु बेला/बेलामा बाहिरिन्छन् ।

पैसा कमाउन पल्केका ब्यापारीहरुले अर्गानीक महको नाममा चिनी घोलेर र अरु नै रसायन मिसाएर मह भन्दै विक्री गर्दा आमउपभोक्ता भने ठगिन छाडेका छैनन् ।

कसरी चिन्ने त सक्कली र नक्कली मह । थाहा पाउनोस् केही उपाय ।

१ आगोमा जल्छ

यदी शुद्ध मह छ भने आगोमा जल्छ । यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

२. तातो पानीमा घुल्दैन

तातो पानीले पनि बताइदिन्छ मह सक्कली हो वा नक्कली । महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी नै हो ।

मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ ।

३. टिस्यु पेपरले सोस्दैन

टिस्यु पेपरबाट पनि महको शुद्धता पत्ता लगाउँन सकिन्छ । शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ ।

यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने पेपरको माथि नै रहन्छ ।

४. शुद्ध मह ब्रेडमा जमेर बसिरहन्छ

ब्रेडको सहयोगबाट पनि महको शुद्धता परीक्षण गर्न सकिन्छ । दैनिक खाने ब्रेड पनि महको परीक्षणमा सहायक हुने गर्छ ।

शुद्ध मह ब्रेडमा लगाउँदा जमेरै बस्छ ।

५. औंलाबीच मोटो तार बन्छ

औलाको सहयोगले जाँच महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ ।

 यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको