संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन | Khabarhub Khabarhub

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियरको निधन


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु — संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ ।

१०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभियरको बुधबार पेरुमै मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन् । सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए ।

आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए ।

फकल्यान्डको युद्धपछि उनले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए । त्यस्तै नामिबियाको स्वतन्त्रतताका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् २०००को नोभेम्बर २२ देखि सन् २००१ को जुलाई २८ सम्म उनी पेरुको प्रधानमन्त्री रहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : २८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला