त्रिकोणात्मक सिरिज आजबाट, श्रृंखला आफ्नो पक्षमा पार्न नेपाललाई चुनौती ! | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिज आजबाट, श्रृंखला आफ्नो पक्षमा पार्न नेपाललाई चुनौती !



काठमाडौं–  नेपालले एकदिवसीय मान्यता पाएपछि घरेलु मैदानमा पहिलो आज सिरिज खेल्दैछ । बुधबार बिहान त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ ।

आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले बिहान १० बजेदेखि ओमानसँग खेल्दै लिग २ मा डेब्यु गर्नेछ । त्यसैले पनि यो श्रृंखला ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ ।

घरेलु मैदान र दर्शकको साथले उच्च मनोबल बनाएको नेपाल लिग २ मा बलियो प्रतिद्वन्दी अमेरिका र ओमानविरुद्ध सम्यमित भएर मैदान उत्रिनेछ । यी दुवै टोली नेपालका लागि नयाँ भने होइनन् । नेपालले अमेरिका र ओमानसँग डिभिजन क्रिकेट खेलिसकेको छ । यद्यपि यो फर्म्याटको अनुभव भने छैन ।

२०१९ देखि २०२२ सम्म चल्ने विश्वकप लिग २ मा अमेरिका र ओमानले दुई–दुई त्रिकोणात्मक श्रृंखला खेलिसकेका छन् भने नेपाल पहिलो श्रृंखलाको शुरुवात घरेलु मैदानबाट गर्दैछ ।

लिग २ खेल्ने टोलीमा नेपाल, अमेरिका, ओमान, स्कटल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र युनाइटेड अरब इमिरेट्स रहेका छन् । यी सबै टोलीले दुई सिरिज खेलिसक्दा नेपालले भने पहिलो सिरिज खेल्न लागेको हो ।

अंक तालिकाका आधारमा विश्लेषण गर्ने हो भने अमेरिका सबैभन्दा बलियो टोलीका रुपमा देखिएको छ ।  उसले खेलेका ८ मध्य ६ खेलमा जीतसहित १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ । ओमानले विशेष कारणबस घरेलु मैदानमा भएको श्रृंखलाका दुई खेल खेल्न पाएको थिएन ।

नेपाल, अमेरिका र ओमान एकै स्तरका टोली भए पनि पछिल्लो समय अमेरिका र ओमानले आफ्नो खेलमा निकै सुधार गरेका छन् । उनीहरुसामु नेपालको अवस्था हिजो जुन स्थितमा थियो आज केही पृथक बन्न सकेको देखिँदैन ।

किनकी नेपाली टोलीले हिजो पनि अभ्यास गर्न मैदान पाउँदैनथ्यो । अहिले मुस्किलले मैदानको पाएको छ । फरक यत्ति हो । सुधारिएको अवस्था देखिदैन ।

अभ्यामै अलमल

लिग २ का लागि नेपाली टोली टियू मैदानको स्तरउन्नति भइरहेका कारण पोखरा अभ्यास गर्न पुगेको थिए । पोखरामा पिच राम्रो भएपनि अन्य सुविधा नहुँदा सीमित स्रोत र साधनमा खेलाडीले अभ्यास गरे ।

खेल एक्सपोजरका रुपमा हेर्ने हो भने पनि नेपाली टोलीको अवस्था कमजोर आकलन गर्न सकिन्छ ।

२०१९ को जनवरीमा युनाइटेड अरब इमिरेट्सविरुद्ध एकदिवसीय सिरिज २–१ ले जिते यता नेपाली खेलाडीले एक दिवसीय खेल खेल्ने मौका पाएका छैनन् ।

विपक्षी टोली अमेरिका र ओमानले भने लिग २ मा राम्रो प्रदर्शन गरिरहेका छन् ।

लिग २ को शीर्ष ३ टोली दास्रो चरणको विश्वकप छनोटमा पुग्नेछ । त्यहाँसम्म पुग्न नेपाली टोलीले चामत्कारिक प्रदर्शन देखाउँदै लिग २ मा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ । जुन अहिलेकै अवस्थामा असम्भव प्रायः देखिएको छ ।

नेपाल क्रिकेट संघ आफैपनि आईसीसीको बन्धनमा छ । तर, पनि उसले पछिल्लो ४ महिनामा खासै सम्झिन लायक काम गर्न सकेको छैन् ।

अभ्यास खेलको समेत प्रबन्ध मिलाउन नसकेको क्यान नेतृत्व कहिले साग भन्दै पञ्छिएको थियो त कहिले घरेलु प्रतियोगितामा खेलाडी व्यस्त भन्दै ।

कप्तान ज्ञानेन्द्र मल्ल ।

अभ्यास खेलका रुपमा नेपालले पोखरामा रहँदा एमएम कप एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न आएको मलेसिया ११ सँग खेलेको थियो । क्यान ११ को नामबाट अभ्यास खेल खेलेको नेपालले तीनवटै खेलमा सुखद नतिजा निकालेको थियो ।

मलेसिया नेपालभन्दा तुलनात्मक रुपमा कमजोर टोली हो । तर, उससँगको अभ्यासलाई लिएर पनि क्यान सन्तुष्ट छ ।

लिग २ को तयारीमा रहेको नेपालले आफूभन्दा बलियो टोलीसँग खेल्न पाएको भए नेपाली खेलाडीका लागि राम्रो एक्सपोजर हुनसक्थ्यो

यता, नेपाल आउनु अगाडि अमेरिकी टोलीले भने मुम्बईमा अभ्यास गरेर काठमाडौं आएको हो । उसले भारतमा अभ्यासरत रहँदा पनि त्यहाँको ‘स्टेट’ टोलीसँग खेलेको थियो ।

आईसीसीको झण्डै ४ बर्ष लामो निलम्बनबाट सशर्त फुकुवा पाएको क्यानले निर्वाचन ताका अब क्यान नयाँ ढर्राबाट अगाडि बढ्ने घोषणा त गर्‍यो तर लिग २ का लागि खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन सकेन ।

यद्यपी खेलाडीहरु मैदानमा अमेरिका र ओमानसँग राम्रो गर्ने आत्मविश्वासका साथ अभ्यासमा जुटेका छन् । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टोलीसामू चुनौती रहेपनि राम्रो गर्ने बताउँदै आएका छन् ।

पूर्वकप्तान पारस खड्का

‘पोखरामा सीमित स्रोत साधनका बाबजुत अभ्यास गर्न पाउँदा खुशी छौं,’ कप्तान मल्लले भने,‘काठमाडौं आएपछि पनि राम्रै अभ्यास गरेका छौं । आशा छ राम्रो नतिजा आउनेछ ।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यु–१९ टोलीका प्रशिक्षक विनोद दास नेपाली टोलीसामू श्रृंखला जित्न दबाब रहेको बताउँछन् । लिग २ घरेलु मैदानमा खेल्दै शुरु गर्न लागेको नेपालका लागि लिगमा बलियो देखिएका अमेरिका र ओमानसँग राम्रो गर्नु पर्ने दबाब रहेको उनको भनाइ छ ।

‘मैले अहिलेको तयारी बारे हेर्न पाएको छैन् । तर, पछिल्लो समय नेपाली टोलीको प्रदर्शन हेर्दा हामीलाई धेरै दबाब छ । नेपालले राम्रो गर्न सकेको छैन्,’ प्रशिक्षक दासले भने,‘युएईसँगको सिरिज पछि हामीले राम्रो गर्न नसक्दा अहिले टोलीलाई दबाब पक्कै छ ।’

घरेलु मैदानमा समर्थकको साथमा खेल्दा टोलीका लागि ‘होम एड्भान्टेज’ रहने उनी बताउँछन् ।

कप्तान मल्लले पनि प्रशिक्षक दासको भनाइमा सहमति जनाए । उनले लिग २ मा अमेरिका र ओमान अभ्यस्त रहेका कारण नेपाललाई शुरुवातमा दबाब रहेको स्वीकारे ।

‘पक्कै पनि एकदिवसीय श्रृंखलामा अमेरिका र ओमान अभ्यस्त भइसको छ । तर, हामी राम्रो गर्ने प्रयास गर्ने छौं,’ कप्तान मल्लले भने ।

केही महिना अगाडि नेपालले सिंगापुरमा सम्पन्न टी–२० विश्वकप छनोटको एसिया फाइनलमा राम्रो नतिजा हात पार्न नसक्दा विश्वकप सपना तुहिएको थियो ।

मुख्य प्रशिक्षक उमेश पटवाल

समस्या ओपनिङमै !

नेपाली क्रिकेट टोलीका लागि सबैभन्दा ठूलो चुनौती भनेकै ब्याटिङ पक्ष हो । आज पनि पुरानै समस्या दोहोरिने लगभग पक्का छ ।

नेपाली टोलीमा सीमित खेलाडीले मात्रै ५० ओभरको खेलमा योगदान गर्न सक्ने मुख्य प्रशिक्षक उमेश पटवालले बताइसकेका छन् । आजको खेल उनीहरुकै ब्याटिङ निर्भर रहनेछ ।

उनले नाम नलिए पनि ३–४ जना अनुभवी खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावक र विनोद भण्डारी लगायत हुन । यी बोहक पनि युवा खेलाडीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख लगायतले लामो फर्म्याटमा राम्रो गर्न सक्छन् ।

नेपाली टोलीको ओपनिङमा पारस र ज्ञानेन्द्र तयार भए राम्रो हुने प्रशिक्षक दास बताउँछन्  । तर, पारस ओपनिङमा आउन ‘मेन्टल्ली’ तयार छैनन् भने उनी ओपनिङमा आउँदा घातक हुन सक्ने बताउँछन् ।

‘नेपालको ओपनिङबारे कुरा गर्दा पारस मेन्टल्ली प्रिपेयर छन् वा छैनन् भन्नेले अर्थ राख्छ । पारसले नयाँ बलसँग कत्तिको अभ्यास गरेका छन् । नयाँ बलसँग भिज्न सक्ने भन्ने कुरामा भर पर्छ,’ प्रशिक्षक दासले भने, ‘यदि उनी तयार छन् भने उनले त्यो भूमिकामा आउँदा केही समस्या हुँदैन । तयार छैनन् भने टोलीका लागि खतरा हुन सक्छ ।’

निवर्तमान कप्तान खड्काले भने टीम व्यवस्थापनले दिएको जिम्मेवारी पूरा गर्न आफु तयार रहेको बताइसकेका छन् ।

प्रशिक्षक विनोद दास

सन्दीप टोलीमा हुँदा विपक्षीलाई दबाब !

पूर्व कप्तान तथा प्रशिक्षक दासले नेपाली युवा स्पिनर टोलीमा हुँदा विपक्षी टोलीलाई दबाब रहने बताएका छन् । सन्दीप कन्फिडेन्टका साथ खेल्ने हुँदा उनलाई लिएर अमेरिका र ओमानका खेलाडी दबाबमा आउन सक्ने उनी बताउँछन् ।

नेपाली टोलीका लागि सन्दीप महत्वपूर्ण खेलाडी हुन् । यदि यो श्रृंखला जित्नु छ भने त्यसमा सन्दीपले गर्ने प्रदर्शनको भूमिका पनि महत्वपूर्ण हुने प्रशिक्षक दास बताउँछन् ।

‘सन्दीप जस्तो खेलाडी टोलीमा हुँदा विपक्षीलाई दबाब हुन्छ । यसको फाइदा नेपालका अन्य बलरहरुले पनि उठाउन सक्नु पर्छ,’ प्रशिक्षक दासले भने,‘यदि नेपालले लिग २ मा राम्रो गर्नु छ भने सन्दीप त्यसको ‘पार्ट’ बन्न सक्छन् त्यतिकै पारस र ज्ञानेन्द्रको प्रदर्शनले प्रभाव पार्नेछ ।’

यो पनि पढ्नुहोस्

‘पुनर्जन्म’ पछि क्रिकेट संघको पहिलो ‘गृहकार्य’, आईसीसीको भरोसा जित्नु मुख्य चुनौती

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ८ : ०९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार