राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीको गठबन्धनले संयुक्त उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नेकपा प्रदेश अध्यक्ष प्रभु साहको नेतृत्वमा पुगेका नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्तिथिका बीच नेकपाका उम्मेदवार तुलसा दाहाल एवम राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराए भने राजपाको तर्फबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

चारवटै उम्मेदवारको समर्थक र प्रस्तावक फरक फरक पार्टीका रहेका छन् । नेकपाका दाहालको प्रस्तावकमा सत्रुधन महतो र समर्थकमा परमेश्‍वर साह रहेका छन् भने पासवानको प्रस्तावकमा सत्यनारायण मण्डल र समर्थकमा रामनरेश राय रहेका छन् ।

राजपाको तर्फबाट सिंहको प्रस्तावकमा रामचन्द्र मण्डल रहेका छन् भने समर्थकमा जितेन्द्र सोनल र यादवको प्रस्तावकमा नवल किशोर साह र समर्थकमा सुन्दरमनि विश्वकर्मा रहेका छन् ।

माघ ९ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाएर चुनावमा सहभागी हुने सहमति यसअघि नै गरेको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र