इलाममा प्याराग्लाइडिङको सफल परीक्षण | Khabarhub Khabarhub

इलाममा प्याराग्लाइडिङको सफल परीक्षण


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।

प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै व्यवसायीहरुमा खुशियाली छाएको हो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ ।

पाइलट(चालक) सानुबाबु सुनुवारले डाँडामा प्याराग्लाइडिङ उडाएपछि भेला भएका स्थानीय तथा पर्यटन व्यवसायीहरुमा निकै ठूलो खुशियाली देख्न सकिन्थ्यो । सफल परीक्षण गरेपछि पाइलट सुनुवारले भने छेलेथुम्की डाँडामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ ।

समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तीर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शङ्कर, प्याराग्लाइडिङका अग्रज पाइलट सानोबाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  २ : ०४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर