राष्ट्रिय सभा सदस्यमा नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

राष्ट्रिय सभा सदस्यमा नारायणकाजी श्रेष्ठको उम्मेदवारी दर्ता


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

नेकपा प्रवक्ता श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ नेकपाले गण्डकी प्रदेशबाट अन्यमा नेता श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।

नेकपा नेता श्रेष्ठले गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेकपा नेतृ भगवती न्यौपानले गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उम्मेदावरी दर्ता गराएकी छन् ।

राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सकिएका १९ जना सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : ४५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी