वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मध्ये एक वर्षमा ४२ जना नेपालीको मृत्यु | Khabarhub Khabarhub

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मध्ये एक वर्षमा ४२ जना नेपालीको मृत्यु


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि कुवेत पुगेका ४२ जना नेपाली श्रमिकको एक वर्षमा मृत्यु भएको छ ।

रोजगारीका लागि सन् २०१९ मा कुवेतमा ४२ जना नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार त्यसमा हृदयघात भई मृत्यु हुने कामदारहरुको संख्या १५ रहेको छ । मृत्यु हुने ४२ जनामा ३१ जना पुरुष र ११ जना महिला कामदार रहेका छन् ।

मृतकमध्ये सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ५, कार्यस्थलको दुर्घटना तथा आगलागीमा परि ४ जना, झैझगडा र सांघातिक आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्युको कारण नखुलेका कामदारको संख्या ७ रहेको दूतावासले जनाएको छ । मृतकमध्ये ३ जनाले आत्महत्या गरेका हुन् ।

कुवेतमा विभिन्न उद्योग र घरेलु कामदारका रूपमा नेपालीहरू जाने गरेका छन् । झन्डै ७० हजार नेपाली कामदार रहेको कुवेतमा २५ हजार भन्दा बढी नेपाली महिला कामदार रहेको अनुमान छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १२ : २७ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार