इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् ।

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा इराकको बग्दादमा मारिएपछि ट्रम्पको त्यस्तो भनाइ सार्वजनिक भएको हो ।

इरानले सुलेमानीको मृत्युको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।

शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए । त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए।

ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।

ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले “इरानका ५२ वटा स्थानलाई निसाना बनाउने” र त्यो “धेरै छिटो र धेरै कडा” हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन्।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ४७ बजे

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार