बर्दियामा बस र्दुघटना ३३ जना घाइते | Khabarhub Khabarhub

बर्दियामा बस र्दुघटना ३३ जना घाइते


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित खैरापुरमा बस दुर्घटना भएको छ।

गुलरियादेखि पश्चिमतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन्।

गेरुवा गाउँपालिका निवासी माण्डवी थापा गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँके रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए।

बसका चालक भने फरार भएको प्रहरीले जनाएको छ ।

बर्दिया अस्पतालबाट ४ जनालाई बाँके रेफर गरिएको बर्दिया अस्पतालका सर्जन डाक्टर विजय उपाध्यायले बताए।

अन्य घाइतेहरुको बर्दिया अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने