एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो | Khabarhub Khabarhub

एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चटगाउ – बङ्गलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ ।

करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो ।

उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बङ्गलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो ।

सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बङ्गलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब आठ लाख शरणार्थी बङ्गलादेशमा रहेको उल्लेख गरिएको छ ।

बङ्गलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारका् दवावपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ ।

उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ०२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला