काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना स‌क्रमित, ७ को मृत्यु | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना स‌क्रमित, ७ को मृत्यु


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सोही अवधिमा काठमाडौंमा २, ललितपुमा ३ र भक्तपुरमा २ गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ८९ हजार ७२८ पुगेको छ  । जसमध्ये ३९५ जनाको मृत्यु भएको छ। हालसम्म८३ हजार ३३७ जना निको भएका छन्।

त्यसैगरी ललितपुरमा संक्रमितको संख्या १३ हजार ६९८ पुगेको छ भने जसमा १२० जनाको मृत्यु भएको छ। ललितपुरमा हालसम्म १२ हजार ३२३ जना निको भएका छन्।

यस्तै भक्तपुरमा हालसम्म स‌क्रमितको संख्या ८ हजार १२० पुगेको छ जसमा ९५ जनाको मृत्यु भएको छ भने ७ हजार ७८५ जना निको भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौमा ५ हजार ९९६, ललितपुरम १ हजार २५५ र भक्तपुरमा ५४० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ४ : ५१ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज