एसी मिलान युरोपा लिगको नकआउटमा | Khabarhub Khabarhub

एसी मिलान युरोपा लिगको नकआउटमा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ ।

बिहिबार राति भएको समूह चरणको खेलमा सेल्टिकलाई ४-२ गोल अन्तरले पराजित गर्दै मिलानले अन्तिम ३२ को यात्रा निश्चित गरेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाएर मिलानले जित निकालेको हो । खेलको सातौँ मिनेटमा टम रोजिगले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए ।

१४औँ मिनेटमा ओडसोनी एडोवार्डले गोल गर्दै सेल्टिकलाई २-० को अग्रता दिलाए । तर, २४औँ मिनेटमा हाकनले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए ।

२६औँ मिनेटमा मिलानका सामुएल कास्टिललेजोले गोल गरेपछि पहिलो हाफ २-२ गोलको बराबरीमा सकियो ।

खेलको ५०औँ मिनेटमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए । ८२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई ४-२ को जित दिलाए ।

जितसँगै समूह एचमा रहेको मिलानले ५ खेलमा १० अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : १५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र