ब्राउनसुगरसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

ब्राउनसुगरसहित दुई जना पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहिबार दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रहरीले थापा सवार प्र.१–०१–०१३ प २७०१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले अर्जुनधारा–९ प्रणामी मन्दिर नजिकबाट मे५प ९२५६ नंको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई ३९ ग्राम ब्राउनसगुरसहित पक्राउ गरेको छ ।

बरामद ४८.५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रनाउ थापाले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : २७ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव