बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचाररत दुई पुरूषको बिहिबार राति मृत्यु भएको हो ।

मृतक दुवै दाङको तुलसीपुर उपमहानगरपालिका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा बिहीबार राति ९ बजे मृत्यु भएको छ । उनलाई मंसिर ४ गते भर्ना गरिएको थियो ।

यस्तै मंसिर १३ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएका तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा राति पौने ११ बजे मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : १० बजे

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने