कांग्रेस पदाधिकारी बैठक आज, तनहुँ घटनाबारे छलफल हुने | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज, तनहुँ घटनाबारे छलफल हुने


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो ।

दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ४५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको