हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला | Khabarhub Khabarhub

हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई हत्या कसुरमा जन्मकैदको फैसला सुनाएको छ ।

स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा २५ वर्षीय रोशन राउतलाई जन्मकैद सजाय र एक लाख जरिवाना गर्ने फैसला गरेको हो ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा दोषी ठहर्‍याएको हो ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको थियो ।

हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ३० बजे

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)

रविलाई सीकेको सुझाव– बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला !

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको

लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ– मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको