युरोपा लिगमा आर्सनलको शानदार जित | Khabarhub Khabarhub

युरोपा लिगमा आर्सनलको शानदार जित


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपा लिग फुटबलमा लन्डन क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथि शानदार जित हात पारेको छ ।

समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्सनलले रापिडमाथि ४–१ को शानदार जित निकाल्यो ।

आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले सान्त्वना गोल फर्काए ।

इमिरेट्स स्टेडियममा करिव दुई हजार समर्थकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले खेलको शुरुवातदेखि नै रापिडलाई दवावमा राख्न सफल भएको थियो ।

समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक भएको छ । आर्सनल यसअघि नै अर्को चरण प्रवेस गरिसकेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ०७ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र