भारतीय सेना प्रमुखद्वारा वसन्तपुर दरबार स्क्वायरको अवलोकन (भिडियोसहित) | Khabarhub Khabarhub

भारतीय सेना प्रमुखद्वारा वसन्तपुर दरबार स्क्वायरको अवलोकन (भिडियोसहित)


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय स्थलसेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि बुधबार नेपाल आइपुगेका सेनाध्यक्ष नरवणेका अपराह्न वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

उनले वसन्तपुर दरबार स्क्वायरमा रहेको कुमारी घरलगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यसैबीच भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शन गर्नुका साथै वाग्मती किनारको साँझको आरती समेत अवलोकन गरेका छन ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप उनी मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

हेर्नुस भिडियो

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ०३ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार