सांसद केसीसहित म्याग्दीमा थपिए १३ कोरोना संक्रमित | Khabarhub Khabarhub

सांसद केसीसहित म्याग्दीमा थपिए १३ कोरोना संक्रमित


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- गण्डकी प्रदेशसभाका सदस्य विनोद केसी र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठसहित म्याग्दीका १३ जनालाई बुधबार कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ।

पोखरास्थित प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा बुधबार बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना नखुलेका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

बेनी नगरपालिका-७ का १८, ५४, २८ र ३० वर्षीया महिला, २३, ५४, २१, ५२, ८ का वर्षीय ३७ का एक, ५ का ३१ वर्षका एक र २ का ४४ वर्षीय एक पुरुषमा कोरोना पुष्टि निर्देशनालयले जनाएको छ।

मंगला गाउँपालिका १ ठेगाना भएका ४८ वर्षीय पुरुष र ठेगाना नखुलेका वर्ष ३३ का अर्का पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ठेगाना नखुलेका संक्रमित दरवाङमा कार्यरत भएको मालिका गाउँपालिकाले जनाएको छ।

बेनी-८ ठेगाना भएका संक्रमित गण्डकी प्रदेश सभा सदस्य बिनोद केसी हुन्। यस्तै बेनी-७ ठेगाना भएका संक्रमितमध्ये एक जना नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ हुन्। केसी र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जनाएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो पटक थपिएकासहित म्याग्दीमा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ३२ बजे

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब