भारतीय सेनाध्यक्ष नरावणेलाई 'कालो झण्डा देखाउँछु' भन्ने पुण्य गौतम पक्राउ | Khabarhub Khabarhub

भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने धम्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

नरावणेको नेपाल  भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिरहेका बेला युट्यूवमा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : २२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर