तातोपानी नाकाबाट ११ कन्टेनर भित्रिए | Khabarhub Khabarhub

तातोपानी नाकाबाट ११ कन्टेनर भित्रिए


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – ​पहिरोका कारण डेढ महिनादेखि बन्द भएको तातोपानी नाकाबाट  चिनियाँ सामग्री भित्रिन शुरु भएको छ । यसअघि असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो ।

नेपालका लागि आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । नेपालका तर्फबाट ११ वटा कन्टेनर मितेरी पुलमा सामान लोड गर्न गएका छन् ।

बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने जनाइएको छ । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाडौं पठाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

केही समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको व्यापार रोकिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी