आठ केजी लागुऔषध अफिमसहित ५ जना पक्राउ | Khabarhub Khabarhub

आठ केजी लागुऔषध अफिमसहित ५ जना पक्राउ


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रहरीले रोल्पाको सुनिलस्मृतीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा चेकजाँचका क्रममा ८ केजी अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीका अनुसार दाङतर्फ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्ने ८ किलो अफिमसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम भुमे गाउँपालिका ४ बस्ने ३७ वर्षीया कि ज्योती घर्ती, ३० वर्षीया निशा पुन, दाङ हारपुर गाउपालिकाका ४५ वषीय दिलप्रभा बुढा, सुर्खेत गुरवाकोट नगरपालिकाका ३३ वर्षीय मोतीलाल परियार र रोल्पा सुनछहारी गाउँपालिकाका ३५ वर्षीय याम बहादुर घर्तीमगर रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ५८ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ