मोरङ र लमजुङमा दुर्घटना, २ को मृत्यु, ९ जना घाइते | Khabarhub Khabarhub

मोरङ र लमजुङमा दुर्घटना, २ को मृत्यु, ९ जना घाइते


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र लमजुङमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका तावाहाङको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे ९ बजेतिर बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।

मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँ फरार छन् ।

मोरङकै बेलबारी नगरपालिका–१० भाउन्नेमा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५०७९ नम्बरको बस आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन् ।

घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर । उनीहरुको न्यूरो अस्पताल विरानगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै लमजुङको बेंसीशहरमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन्।

बेंसीशहरबाट सुन्दरबजार नगरपालिकाको खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको मिनीबस शनिबार राति ८ बजे बेसीशहर १ उदीपुर बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा बेंसीशहर १ धिमिरेका २६ बर्षीय अर्जुन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : २५ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको