छुट्टीमा नेपाल गएका श्रमिकहरु अब बहराइन फर्कन पाउने | Khabarhub Khabarhub

छुट्टीमा नेपाल गएका श्रमिकहरु अब बहराइन फर्कन पाउने



दोहा – छुट्टीमा नेपाल गएका श्रमिकहरु अब पुनः बहराइन फर्कन सक्ने भएका छन् । विभिन्न स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर फर्कन पाउने बहराइनस्थित नेपाली दूतावासले जनाएको हो ।

दूतावासका अनुसार विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित हुँदा फर्किन नपाएकाहरु अब कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर फर्किन पाउने भएका हुन् ।

दूतावसले  छुट्टीमा गएकाहरु बहराइन आउन सक्ने भन्दै २११ जनाको सूची समेत सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार बहराइन फर्किँदा यी नियमहरु भने पालना गर्नुपर्ने छ –

  • बहराइन फर्किनेहरुको भ्यालिड भिषा, श्रम स्वीकृति, कोरोनाको नेगेटिभ रिपोर्ट तथा कागजात साथमा हुनुपर्ने छ ।
  • आफ्नो रोजगारदाताले रोजगार दिने अस्थयी ग्यारेन्टी आफैले गर्नुपर्ने हुन्छ
  • बहराइन पुगेपछि ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर पुन: ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराउनुपर्ने दूतावासले जनाएको छ ।
  • बहराइन पुगेपछि कुनै कारण अध्यागमन विभागले फिर्ता गरेमा त्यसको जिम्मा समेत आफैले लिनु पर्नेछ ।

बहराइनबाट विभिन्न समयमा छुट्टीमा नेपाल गएका धेरै नेपाली कामदारहरु कोरोनाका कारण हवाई उडान स्थगित हुँदा पुनः बहराइन फर्कन सकेका छैनन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : १४ बजे

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।