पञ्जावमा भीषण वर्षाका कारण घर भत्किँदा १० को मृत्यु | Khabarhub Khabarhub

पञ्जावमा भीषण वर्षाका कारण घर भत्किँदा १० को मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रबार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएको छ ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएका छन्।

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ।

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन्।

अर्को एक घटनामा चकवालमा यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

बुधवारको शुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रवार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित–बाल्टिस्तान (जीबी) क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : २६ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ