जनताको दु:खमा सरकार छ – गृहमन्त्री थापा | Khabarhub Khabarhub

जनताको दु:खमा सरकार छ – गृहमन्त्री थापा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएको सासंद् पौडेलले जानकारी दिए । । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ।

गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन् ।

यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए ।

उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।

ढोरपाटन नगरपालिकालगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो ।

आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : २५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको