अछाममा युवकको हत्या आरोपमा ६ जना पक्राउ | Khabarhub Khabarhub

अछाममा युवकको हत्या आरोपमा ६ जना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षका खेमराज शाही, २० वर्षका भूपेन्द्र शाही, २० वर्षका विनोद बहादुर शाही, २१ वर्षका अक्कल शाही, १९ वर्षका विनोद शाही र २५ वर्षका रमेश शाही रहेका छन् ।

प्रहरीका अनुसार, भदौ १६ गते मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ वर्षका सन्तोष भण्डारीलाई सोही वडा खानडाडाका भन्ने स्थानमा भुपेन्द्र शाही लगायत ७/८ जनाको समूहले कुटपिट गरेका थिए ।

घाइते भण्डारीको अछाम जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : २७ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न