पाकिस्तानी नयाँ नक्साबारे भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन  | Khabarhub Khabarhub

पाकिस्तानी नयाँ नक्साबारे भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन 


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले कश्मिरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेसँगै भारतले यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय स्तरमा कुनै विश्वनीयता नरहेको प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया जनाउँदै  ‘हास्यास्पद राजनीतिक अभ्यास’ भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता नै रहेको जनाएको हो ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानी प्रधानमन्त्रीको यस कदमलाई आधारहीन दाबी भन्दै राजनीतिक मुर्खताकाबीच उठाइएको कदमको संज्ञा दिएको छ ।

पाकिस्तानले जारी गरेको नयाँ राजनीतिक नक्शामा गुजरात र जम्मू-कश्मीर र लद्दाख क्षेत्र समेटिएको छ ।

नयाँ नक्शाबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्शाले पाकिस्तान जनताको उमंगको प्रतिनिधित्व गर्छ । पाकिस्तान र कश्मीर बासिन्दाहरुको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ ।’

उनले अब पाकिस्तानका स्कूल, कलेज र सबै सरकारी कार्यालयमा नयाँ आधिकारिक नक्सा प्रयोगमा ल्याइने जनाएका छन् ।

स्रोत -बीबीसी 

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १० : १३ बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार