ओली-प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन | Khabarhub Khabarhub

ओली-प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्वाङसहित बालुवाटारमा बसेको बैठक सकारात्मक भएपनि कुनै सहमित बिनै सकिएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।

मंगलबारको बैठकबाट ठोस निस्कर्ष भने निस्किएन। नेताहरूले स्थायी कमिटी बैठक राख्न प्रस्ताव गरेपनि ओली राजी भएनन्। ओलीले स्थायी कमिटीको बैठक राख्ने विषयमा सहमति नजनाएपछि बैठक छलफल टुंगिएको हो।

​प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल र ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साथ राखेर तीन दिनदेखि हरेक दिन छलफल भइरहेको छ। नेताहरुबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको छैन।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन ।

ओलीसँगको भेटवार्ताअघि प्रचण्डले मंगलवार बिहान उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेका थिए । नेकपाभित्रको विवादका कारण असार १० गते शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ७ : ५५ बजे

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन